अबुधाबी विमानस्थलमा ड्रोन आक्रमणको प्रयास विफल : भग्नावशेष लाग्दा एकको मृत्यु, ७ घाइते
अबुधाबी : संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरिएको ड्रोन आक्रमणको प्रयासलाई त्यहाँका सुरक्षा निकायले विफल पारिदिएका छन्।
अबुधाबी एयरपोर्ट्सले दिएको जानकारी अनुसार, विमानस्थललाई निशाना बनाएर आएको उक्त ड्रोनलाई सक्षम अधिकारीहरूले आकाशमै रोकेका थिए।
तर, ड्रोनलाई रोक्दा/खसाल्दा त्यसका टुक्राहरू खसेर लाग्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक एसियाली नागरिक रहेको पुष्टि भएको छ। यस घटनामा अन्य सातजना घाइते भएका छन्।
अबुधाबी एयरपोर्ट्सले घटनाबारे कुनै पनि प्रकारका हल्ला वा गलत सूचनाहरू नफैलाउन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ।
अधिकारीहरूले आधिकारिक स्रोतहरूबाट आउने समाचारमा मात्र विश्वास गर्न अनुरोध गर्दै घटनाबारे थप विवरणहरू प्राप्त हुनासाथ जानकारी गराइने बताएका छन्।
फागुन १७, २०८२ आइतबार १०:१४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।