अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले यहाँको मूल्य यथावत् राखेको छ।

निगमले शनिबार एक विज्ञप्ति जारी गरेर आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

निगमका अनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ सूचीमा पेट्रोलमा २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो।

मूल्य वृद्धि भएर आए तापनि उपभोक्तालाई पर्न जाने असरलाई ध्यानमा राख्दै निगमले नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

फागुन १६, २०८२ शनिबार २१:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।