गोरखामा प्रलोपाले कांग्रेसलाई सघाउने
काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रलोपाले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो।
समानुपातिकतर्फ भने पार्टीले आफ्नै चुनाव चिह्न ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए। उनले दुई पार्टीबीच मिलेर जाने समझदारी बनेको बताए।
डा. भट्टराईले यस पटक दर्ता गराएको उम्मेदवारी पछि फिर्ता लिएका थिए। दुई दलबीच चुनावी समझदारी बनेपछि अब गोरखाका दुवै क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेस र प्रलोपाबीच चुनावी सहकार्य भएको छ।
फागुन १६, २०८२ शनिबार १६:४८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।