पोखरेललाई सघाउने आजपाका उम्मेदवार पौडेलको घोषणा
काठमाडौं : आम जनता पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका कोमल पौडेलले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेका छन्।
समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उहाँका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरेका हुन्।
उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरे।
फागुन १५, २०८२ शुक्रबार १८:५६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।