'मितज्यू'को फस्ट लुक्स : तेरियाको अगाडि दयाहाङ र सौगातको पञ्जा लडाइँ

'मितज्यू'को फस्ट लुक्स : तेरियाको अगाडि दयाहाङ र सौगातको पञ्जा लडाइँ

काठमाडौं : आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ। फिल्मको छायांकन सकेको केही दिनमा नै प्रचार सामाग्रीका रूपमा निर्माण टिमले फिल्मको कथा झल्काउने पहिलो लुक्स सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई क्यारेक्टरमा देख्न सकिन्छ। ग्रामीण परिवेश, पहाडी पृष्ठभूमिमा रोकिएको जिपको अगाडि दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन  गर्दैछन्। 

कसको बल कति छ भन्ने खाल्को बहादुरीका साथ पञ्जा जुधाइरहेको दृश्य देखिन्छ भने तेरिकालाई डुस्स परेर जिपको बनोटमाथि बसेकी छन्। जहाँ उनी परम्परागत पहिरनमा देखिन्छिन्। दया र सौगात महिला पात्रको लागि योग्य म छु भन्ने हिसाबले भिडेका हुन वा अरू कुनै त्यो भने फिल्ममा अन्य प्रचार सामाग्री टिजर र ट्रेलरबाट नै थाहा हुनेछ।

यही फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। एक दशकअघि भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारित डान्स रियालिटी शो ‘झलक दिखला जा ९’ सिजनको विजेता पनि हुन्। उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खानसँग उनको प्रतिस्पर्धा रहेको थियो।

उनीहरूलाई प्रतिस्पर्धामा पछि पार्दै तेरिया विजेता बनेकी थिइन्। साथै भारतको जी टिभीमा प्रसारण हुने ‘डान्स इन्डिया डान्स’मा पनि उनी पहिलो बनेकी थिइन्। उनै तेरियाले नेपालमा चल्तीमा रहेका अभिनेतासँग अभिनय गरेकी छन्।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल,तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन। यसअघि ‘घरज्वाइँ’मा निर्माता जनक र निर्देशक अनिलले सहकार्य गरेका थिए। उनीहरूको यो दोस्रो प्रोजेक्ट हो।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखेले गरेका छन्। द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। संगीत श्रीकृष्ण बम मल्लको रहनेछ भने गीतमा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। यस फिल्ममा कोरियोग्राफर मिङ्मा लेप्चाले गरेका छन्। 
 

फागुन १५, २०८२ शुक्रबार १४:२८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।