किङ्स कलेजको 'ओथारो इन्क्युबेशन' सुरु, १२ स्टार्टअप छनोट
काठमाडौं : किङ्स कलेजअन्तर्गत सञ्चालन हुँदै आएको ‘ओथारो इन्क्युबेशन कार्यक्रम’को पाँचौं कोहोर्ट (संस्करण) औपचारिक रूपमा सुरू भएको छ।
यस ६ महिने कार्यक्रमका लागि विभिन्न क्षेत्रका १२ वटा प्रारम्भिक चरणका स्टार्टअपहरू छनोट भएका छन्।
कार्यक्रममा छनोट भएका स्टार्टअपहरू- मिस्टर वाफल्स, टुमलेट गेम्स, एथर सोसल ल्याब, स्टुडियो ब्रिटान्ता, नलेजएप, इ-सहारा, परामेन्डो नेपाल, लेक्साना, द नेपाल न्युजलेटर, यार्सा एग्रो रिसर्च, सानो इन्जिनियर र सम्पर्क डिजिटल लयल्टी रहेका छन्।
यस कार्यक्रममार्फत नवउद्यमीहरूलाई आफ्नो व्यवसायिक मोडलको विकास, विज्ञहरूको मार्गदर्शन (कोचिङ), सञ्जाल विस्तार (नेटवर्किङ) र वित्तीय पहुँचमा सहयोग प्रदान गरिनेछ।
किङ्स कलेजका इन्क्युबेशन अफिसर योमू बज्राचार्यका अनुसार, प्रारम्भिक चरणका संस्थापकहरूलाई दिगो र विस्तारयोग्य व्यवसाय निर्माणका लागि आवश्यक सीप र वातावरण उपलब्ध गराउनु यसको मुख्य उद्देश्य हो।
सन् २०१३ मा सुरु भएको ‘ओथारो’ले हालसम्म ५० भन्दा बढी स्टार्टअपलाई सहयोग गरिसकेको छ।
फागुन १५, २०८२ शुक्रबार १४:२१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।