कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली (बादल लागेको) छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।
यी तीन प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराईका केही भूभागमा बिहानको समयमा हुस्सु लागे पनि दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति देशका हिमाली भूभागमा सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहे पनि थोरै स्थानहरूमा तुवाँलो लाग्नेछ।
फागुन १५, २०८२ शुक्रबार ०७:२३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।