राप्रपा उम्मेदवार कुन्तीले भनिन् “ भ्रष्टाचार नियन्त्रण मेरो प्राथमिकता”

राप्रपा उम्मेदवार कुन्तीले भनिन् “ भ्रष्टाचार नियन्त्रण मेरो प्राथमिकता”

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले लाखौँ नेपाली बाहिर बस्दा मतदान गर्न नपाउने अवस्था रहेकोले निर्वाचन ऐन संशोधन गरी अन्तर–जिल्ला र विदेशबाट समेत मतदान गर्ने प्रणाली लागू गर्न पहल गर्ने बताइन्।

घरदैलोको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवासहित महिलाको समेत प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी रहेको बताइन्। उनले सडक विस्तार, खानेपानी, ट्राफिक व्यवस्था र भ्रष्टाचार नियन्त्रणका काम गर्दै सरकारलाई पारदर्शी र जनउत्तरदायी बनाउन पहल गर्ने बताइन्।

पोख्रेलले स्थानीय उत्पादन र साना–मझौला उद्यमलाई संकलन केन्द्र, सहकारी–आधारित मार्केटिङ, ब्रान्डिङ र डिजिटल प्लेटफर्ममार्फत बजारसँग जोड्ने,कर, अनुमति र प्रशासनिक झन्झट सरल बनाई रोजगारी र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सक्रिय हुने बताएकी छिन्।

फागुन १४, २०८२ बिहीबार २०:४८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।