एनसेल सिग्नेचर प्रयोगकर्तालाई चार सय आउटलेटमा ५० प्रतिशतसम्म छुट

एनसेल सिग्नेचर प्रयोगकर्तालाई चार सय आउटलेटमा ५० प्रतिशतसम्म छुट

काठमाडौं : एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म ‘दामी एक्सपिरियन्स’सँगको साझेदारीमा आफ्ना ‘सिग्नेचर प्लान’ प्रयोगकर्ताहरूका लागि ४०० भन्दा बढी आउट लेटहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

मङ्गलवार एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

साझेदारीअन्तर्गत एनसेलका प्रोफेसनल र प्रिमियम सिग्नेचर प्लानमा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, होटल, स्पा र व्यायामशालाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। जसमा ‘हेयर एन्ड शान्ति’मा ५० प्रतिशत, ‘दुसित प्रिन्सेस होटल’मा २० प्रतिशत र विभिन्न व्यायामशालाहरूमा ४० प्रतिशतसम्म छुट समावेश छ।

यो सुविधा लिनका लागि ग्राहकले एनसेल एपभित्र रहेको ‘दामी एक्सपिरियन्स’मा गएर डिजिटल भिआइपी कार्ड सक्रिय बनाउनुपर्ने कम्पनीले जनाएको छ। व्यावसायिक नेतृत्वमा रहेका ग्राहकहरूलाई लक्षित गरिएको यो योजनामा वार्षिक १७ हजार ९९९ रुपैयाँको प्रोफेसनल र २१ हजार ९९९ रुपैयाँको प्रिमियम प्लान उपलब्ध छन्। 

यी योजनाहरूमा २५० जीबीसम्म डेटा, असीमित आन्तरिक कल तथा एसएमएसका साथै प्रमुख ९ देशहरूका लागि मासिक ६० मिनेट अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा सुविधा प्रदान गरिएको छ। सञ्चार सेवासँगै ग्राहकको जीवनशैलीलाई परिष्कृत बनाउन यो सहकार्य गरिएको कम्पनीको भनाइ छ।

फागुन १४, २०८२ बिहीबार १८:२५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।