एनआईसी एशियाको लिलामी विवरण अब अनलाइनमै

एनआईसी एशियाको लिलामी विवरण अब अनलाइनमै

एनआईसी एशिया बैंकको लिलाम हुने सम्पत्तिको विवरण अब अनलाइनमा उपलब्ध

काठमाडौं : एनआईसी एशिया बैंकले लिलाम बिक्रीमा रहेका आफ्ना बैंकिङ्ग तथा गैर-बैंकिङ्ग सम्पत्तिहरूको सम्पूर्ण विवरण अब अनलाइन पोर्टलमार्फत उपलब्ध गराएको छ।

बैंकका अनुसार ग्राहकले https://auctionassistance.nicasiabank.com मा गएर लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र गुगल म्यापसहितको विस्तृत जानकारी लिन सक्नेछन्।

सूचनालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ। खरिद गर्न इच्छुक ग्राहकले पोर्टलमा रहेको 'म्यासेज बक्स'मा आफ्नो विवरण भरेर सम्पत्तिका बारेमा थप सोधपुछ समेत गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिए। 

फागुन १४, २०८२ बिहीबार १७:५६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।