हरेक ३ महिनामा 'हिसाब' बुझाउने काठमाडौँ-२ का उम्मेदवार कबिरको घोषणा

हरेक ३ महिनामा 'हिसाब' बुझाउने काठमाडौँ-२ का उम्मेदवार कबिरको घोषणा

काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार कबिर शर्माले आफू संसदमा पुगेपछि हरेक ३ महिनामा २६ बुँदे प्रतिबद्धताको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेका छन्।

बुधवार शंखरापुरमा आयोजित घरदैलो कार्यक्रममा मतदाताहरूसँग कुरा गर्दै शर्माले नेताले चुनाव जितेर गएपछि ५ वर्षसम्म अनुहार नदेखाउने प्रवृत्तिको अन्त्य गर्न आफ्नो प्रतिबद्धताहरू कुन चरणमा छन् भन्ने हिसाब हरेक ३ महिनामा सार्वजनिक गर्ने बताए।

भूगर्भशास्त्रमा स्नातकोत्तर शर्माले आफ्नो चुनावी अभियानलाई निर्वाचनका लागि अजेण्डा २६ नाम दिएका छन्। उनले आफ्नो २६ बुँदे प्रतिबद्धता पत्रमा काठमाडौँ-२ को वैज्ञानिक र दिगो विकासमा काम गर्ने बताए।

उनले यसका लागि खानेपानी र ढलको समस्या समाधान गर्न वैज्ञानिक योजना, काठमाडौँ-२ लाई आइटी हब र स्पोर्ट्स सिटीको रूपमा विकास गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता र प्रविधिमैत्री प्रशासनिक सेवाका लागि पहल गर्ने र शंखरापुरलाई एकीकृत सम्पदा शहरको रूपमा प्रवर्द्धन गर्ने दाबी गरेका छन्।

फागुन १३, २०८२ बुधबार २२:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।