नेपालको 'कुलिनरी' क्षेत्र विस्तार गर्न पद्म ज्योति ग्रुप र ‘रिच्स इन्डिया’बीच सम्झौता

नेपालको 'कुलिनरी' क्षेत्र विस्तार गर्न पद्म ज्योति ग्रुप र ‘रिच्स इन्डिया’बीच सम्झौता

काठमाडौं : नेपालको फुडसर्भिस, बेकरी र कुलिनरी (पाककला) क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अग्रणी व्यावसायिक घराना पद्म ज्योति ग्रुप र विश्वव्यापी खाद्य कम्पनी ‘रिच्स इन्डिया’ बीचको सहकार्य विस्तार भएको छ।

दुई दशकदेखि नेपालमा उपस्थित ‘रिच्स’ सँगको यो नयाँ सम्झौताले नेपाली बजारमा विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्राउने लक्ष्य राखेको छ।

यस विस्तारित सहकार्यअन्तर्गत पद्म ज्योति ग्रुपअन्तर्गतको ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि’ को बलियो वितरण सञ्जालमार्फत नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई उच्च गुणस्तरका उत्पादन उपलब्ध गराइनेछ।

साथै, परम्परागत बिक्रीमा मात्र सीमित नभई सेफहरूको क्षमता अभिवृद्धिका लागि प्राविधिक तालिम र प्रत्यक्ष प्रदर्शन (लाइभ डेमो) समेत प्रदान गरिनेछ। ८० वर्षभन्दा लामो विरासत बोकेको ‘रिच्स’ को विशेषज्ञताले नेपाली मेनु र परिकारको गुणस्तरमा नवीनता ल्याउने अपेक्षा गरिएको छ।

पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा नेपाली उपभोक्तालाई समसामयिक र उत्कृष्ट खाद्य अनुभव प्रदान गर्न यो कदम चालिएको हो।

रिच्स इन्डियाका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले यस साझेदारीमार्फत नेपालका सेफ र प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्दै उनीहरूको सिर्जनशीलतालाई प्रेरित गर्ने बताएका छन्।

फागुन १३, २०८२ बुधबार १०:०४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।