रुपन्देही र रोल्पामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते

रुपन्देही र रोल्पामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १० घाइते

काठमाडाैं : रुपन्देही र रोल्पामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-११ स्थित मजुवा डम्पिङमा मंगलबार बिहान लु.१ त ८५२९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा परी सरसफाईकाे काम गर्ने रुकुम पूर्व भुमे गाउँपालिका-५ का २० वर्षीय अन्तिम परियारको घटनास्थलमै मृत्यु भएको हाे।

दुर्घटनापछि फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

यस्तै, रोल्पा र दाङको सिमानामा पर्ने खुमबासस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने १० जना घाइते भएका छन्। दाङको घोराहीबाट रोल्पाको होलेरीतर्फ जाँदै गरेको लु १ ज ४८५४ नम्बरको बोलेरो जिप मंगलबार बिहान दुर्घटना भएको हो। 

दुर्घटनामा परी बोलेरोमा सवार परिवर्तन गाँउपालिका-६ का २४ वर्षीया बिष्णु माया बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ। 

प्रहरीका अनुसार घाइते भएका बोलेरो चालकसहितका १० जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको छ।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फागुन १२, २०८२ मंगलबार १७:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।