एमएडब्लू अर्थमुभर्स लगातार चौथो पटक जेसीबीको ‘साउथ एसिया डिलर अफ द इयर’ घोषित

एमएडब्लू अर्थमुभर्स लगातार चौथो पटक जेसीबीको ‘साउथ एसिया डिलर अफ द इयर’ घोषित

काठमाडौं : नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले लगातार चौथो वर्ष ‘डिलर अफ द इयर- साउथ एसिया रिजन’ अवार्ड हात पारेको छ।

श्रीलंकामा आयोजित ‘जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६’ का अवसरमा कम्पनीलाई उक्त क्षेत्रीय स्तरको शीर्ष अवार्ड प्रदान गरिएको हो।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट उक्त सम्मान ग्रहण गरेका थिए।

उत्कृष्ट बिक्री, बजारमा बलियो उपस्थिति र उच्च ग्राहक सन्तुष्टिको कडा मूल्यांकनका आधारमा यो अवार्ड प्रदान गरिन्छ।

कडा प्रतिस्पर्धाका बाबजुद एमएडब्लूले नेपालको हेभी इक्विपमेन्ट बजारमा आफ्नो ‘नम्बर १’ स्थान जोगाइराख्न सफल भएको छ।

अवार्ड ग्रहण गरेपछि अध्यक्ष अग्रवालले यो ऐतिहासिक सफलतालाई नेपालको पूर्वाधार विकास (सडक, पुल, जलविद्युत, विमानस्थल) मा खटिएका सम्पूर्ण निर्माण व्यवसायी, प्राविधिक र इन्जिनियरहरूलाई समर्पित गरे।

‘लगातार चौथो पटक यो उपाधि जित्नुले ग्राहकको हामीप्रतिको विश्वास प्रमाणित गरेको छ,’ अग्रवालले भने, ‘यसले उत्कृष्ट मेसिनरी र बिक्रीपछिको सेवा मार्फत नेपालको विकासलाई गति दिने हाम्रो अठोटलाई अझ सुदृढ बनाएको छ।’

अवार्ड वितरण समारोहमा एमएडब्लू अर्थमुभर्सका सीईओ तेजप्रसाद सुवेदी र रिटेल सेल्सका सीओओ दुर्गाप्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो।

फागुन १२, २०८२ मंगलबार १२:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।