कैलालीका सीमा नाका तीन दिनका लागि बन्द गरिने

कैलालीका सीमा नाका तीन दिनका लागि बन्द गरिने

काडमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग जोडिएका सीमा नाका तीन दिनका लागि बन्द गर्ने भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतीय सीमा नाका ३ दिन बन्द गर्न लागीएको हो।

प्रशासनद्वारा जारी सूचना अनुसार, फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द रहने छन्।  

प्रशासनका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, टयांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ।

फागुन १२, २०८२ मंगलबार १०:२१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।