वेस्टइन्डिजको शानदार जित, जिम्बाब्वे १०७ रनले पराजित

वेस्टइन्डिजको शानदार जित, जिम्बाब्वे १०७ रनले पराजित

मुम्बई : टी-२० विश्वकपको सुपर ८ अन्तर्गत भएको खेलमा वेस्टइन्डिजले जिम्बाब्वेमाथि १०७ रनको सानदार जित हात पारेको छ।

पहिले ब्याटिङ गर्दै वेस्टइन्डिजले खडा गरेको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १४७ रनमै समेटिएको थियो।

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको यस खेलमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले आक्रामक खेल प्रदर्शन गर्दै निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २५४ रनको उच्च योगफल तयार पारेको थियो।

वेस्टइन्डिजलाई विशाल योगफलसम्म पुर्याउन शिम्रन हेटमायर र रोभम्यान पावेलको अर्धशतकीय पारीले महत्त्वपूर्ण भूमिका खेल्यो।

ब्याटिङका क्रममा दुईपटक जीवनदान पाएका हेटमायरले त्यसको भरपुर फाइदा उठाए। उनले ग्रीम क्रेमरको बलमा लगातार दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरेका थिए।

त्यसपछि सिकन्दर राजाको ओभरमा थप ३ छक्का प्रहार गर्दै उनले मात्र १९ बलमा आफ्नो अर्धशतक पूरा गरे।

२५५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेको सुरुआत निकै खराब रह्यो।

टोलीले जम्मा २० रन जोड्दा आफ्ना शीर्ष ३ विकेट गुमाइसकेको थियो। दबाबमा परेको जिम्बाब्वेको इनिङ्स सम्हालिन नसक्दा पूरै टोली १४७ रनमा अलआउट हुन पुग्यो। 

बलिङतर्फ वेस्टइन्डिजका गुडाकेश मोतीले उत्कृष्ट प्रदर्शन गरे। उनले जिम्बाब्वेको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा महत्त्वपूर्ण ४ विकेट हासिल गरे।

यस फराकिलो जितसँगै वेस्टइन्डिजको नेट रनरेट +५.३५० पुगेको छ। उत्कृष्ट रनरेटका साथ वेस्टइन्डिज सुपर ८ को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

फागुन १२, २०८२ मंगलबार ०९:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।