कैलाली नाकामा तीन दिन सवारी आवागमन बन्द
कैलाली : आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर कैलाली जिल्लासँग जोडिएका भारतीय सीमा नाकामा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार एक सूचना जारी गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुन्जेलसम्म नाकामा सवारी आवागमन निषेध गरेको हो।
फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले सामान्य सवारी साधनमा रोक लगाए पनि अत्यावश्यक सेवामा भने अवरोध हुनेछैन।
प्रतिबन्धको समयमा एम्बुलेन्स, दमकल, शववाहन, ट्याङ्कर, दूरसञ्चार, विद्युत् तथा अस्पताल सेवाका गाडीहरू सञ्चालन हुन पाउनेछन्। साथै, कूटनीतिक नियोग (सिडी प्लेट) का सवारी साधनलाई पनि छुट दिइएको सूचनामा उल्लेख छ।
फागुन ११, २०८२ सोमबार २०:५३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।