धादिङ बस दुर्घटनाका २५ जना घाइते काठमाडौंमा, को कुन अस्पतालमा? (सूचीसहित)
धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ स्थित भैँसीगौडामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।
कार्यालयका अनुसार बसमा १५ महिला र २९ पुरुषसहित जम्मा ४४ जना यात्रु सवार थिए। जसमा दुर्घटनामा परी ६ जना महिला र १३ जना पुरुष गरी कुल १९ जनाको ज्यान गएको हो।
उद्धार कार्य र घाइतेको अवस्था
दुर्घटनाको खबर प्राप्त हुनासाथ धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्का, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहाल, इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी सुरज कार्की र इलाका प्रहरी कार्यालय बेनिघाट लगायतका युनिटबाट सुरक्षाकर्मीहरू परिचालन गरिएका थिए।
यसैगरी, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट स.प्र.ना.उ. सुनिल गिरी र कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरसहितको टोलीले उद्धार कार्य गरेको थियो।
भौगोलिक कठिनाइ र नदी किनार भएकाले निजी डुङ्गाको सहायतामा घाइतेहरूको उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु र टिचिङ अस्पताल मलेखु लगायतका अस्पतालमा पठाइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको छ।
मृतकहरूको विवरण
दुर्घटनामा ज्यान गुमाउनेमध्ये केहीको सनाखत भएको छ भने केहीको पहिचान खुल्न बाँकी छ। प्रदेश प्रहरी कार्यालयले पठाएको विवरणअनुसार प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु पुष्टि भएकाहरूमा २३ वर्षीया बेलायती नागरिक डोमिनिका इथान, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ का इन्जिनियर ठकुरी रहेका छन्।
यस्तै, तनहुँको शुल्कागण्डकी नगरपालिका-७ की ६० वर्षीया विष्णुमाया ढकाल, स्याङ्जाको वालिङ-१४ का ६३ वर्षीय चन्द्र बहादुर कँवर, तनहुँको व्यास नगरपालिकाका ४५ वर्षीय ओमकुमार मल्ल र कास्कीको पोखरा महानगरपालिका-३० का विवेक बाँस्तोला उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो।
त्यसैगरी गजुरी अस्पतालमै २ महिला र १ पुरुष गरी ३ जनाको मृत्यु भएकोमा सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यसका अलावा जिल्ला अस्पताल धादिङमा रहेका शवहरूमध्ये अधिकांशको पहिचान खुल्न बाँकी छ भने उपचारका क्रममा अर्का एक युवकको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ।
जिल्ला अस्पताल धादिङमा रहेका शवहरू (अधिकांश पहिचान खुल्न बाँकी)
एक पुरुष (ट्रमा सेन्टरमा मृत्यु भएका, नाम नखुलेको)
अन्दाजी २६/२७ वर्षकी महिला
अन्दाजी ४९/५० वर्षको पुरुष
अन्दाजी ३०/३२ वर्षको पुरुष (बायाँ हातको नाडीमा ‘ROHEEIT’ लेखिएको ट्याटु भएको)
अन्दाजी ५५/५६ वर्षको पुरुष
अन्दाजी २९/३० वर्षको पुरुष (दाहिने हातमा चमेरो र गितारको ट्याटु भएको)
अन्दाजी ४५/४६ वर्षको पुरुष
अन्दाजी २६/२७ वर्षकी महिला
अन्दाजी ३४/३५ वर्षकी विदेशी महिला (टिकटमा नाम 'ZHANG CHONUM' र घुँडामा ट्याटु भएको)
अन्दाजी ५०/५१ वर्षको पुरुष (साथमा मोबाइल भेटिएको)
घाइतेहरूको विवरण र उपचार स्थिति
राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचाररत तथा रिफर भएकाहरू:
मान बहादुर थापा (४४ वर्ष), तनहुँ - मध्यम अवस्था (ट्रमा सेन्टर रिफर)
सुबिन मल्ल (१८ वर्ष), तनहुँ - मध्यम अवस्था (ट्रमा सेन्टर हुँदै नेशनल हस्पिटल भर्ना)
घनश्याम सुवेदी (४०/४५ वर्ष), कास्की - गम्भीर अवस्था (ट्रमा सेन्टर रिफर)
डम्बर बहादुर बि.क. (६४ वर्ष), स्याङ्जा - मध्यम अवस्था (नेशनल हस्पिटल भर्ना)
प्रतिक पौडेल (३५ वर्ष), कास्की - मध्यम अवस्था (नेशनल हस्पिटल भर्ना)
कृष्ण तिवारी (२५ वर्ष), नवलपरासी पूर्व - गम्भीर अवस्था (नेशनल हस्पिटल भर्ना)
सोनम गुरुङ (२४ वर्ष), कास्की - मध्यम अवस्था (नेशनल हस्पिटल भर्ना)
राजेन्द्र बिसुन्खे (२४ वर्ष), धादिङ - मध्यम अवस्था (नेशनल हस्पिटल भर्ना)
चन्द्र खरेल (३० वर्ष), काठमाडौं - मध्यम अवस्था (नेशनल हस्पिटल भर्ना)
राजेश कँवर (३३ वर्ष), स्याङ्जा - गम्भीर अवस्था (नेशनल हस्पिटल भर्ना)
टिचिङ अस्पताल मलेखुमा उपचाररत तथा रिफर भएकाहरू:
मारी एभाइडे (MARI EVAIDE), न्युजिल्याण्ड - सामान्य (डिस्चार्ज)
संगम मल्ल (१९ वर्ष), धादिङ - मध्यम (नेशनल मेडिकल कलंकी रिफर)
लिसी आओ (१२ वर्ष), चिनियाँ नागरिक - मध्यम (ट्रमा सेन्टर रिफर)
प्रमिला भट्टराई बाँस्तोला (३९ वर्ष), कास्की - मध्यम (नेशनल मेडिकल कलंकी रिफर)
एन्जी शेर्पा (४८ वर्ष), काठमाडौं - मध्यम (ट्रमा सेन्टर भर्ना)
सलिना परियार (१९ वर्ष), कास्की - मध्यम अवस्था
विवेक मानन्धर (३० वर्ष), झापा - मध्यम (ट्रमा सेन्टर भर्ना)
पूजा फुयाल (२८ वर्ष), काठमाडौं - मध्यम (ट्रमा सेन्टर भर्ना)
सदिक्षा हमाल (१९ वर्ष), तनहुँ - मध्यम (ट्रमा सेन्टर रिफर)
सोम प्रसाद मल्ल (४५ वर्ष), तनहुँ - मध्यम (ट्रमा सेन्टर भर्ना)
सुकमाया श्रेष्ठ (३८ वर्ष), तनहुँ - मध्यम अवस्था
सबिन्द्र सुनार (२६ वर्ष), स्याङ्जा - मध्यम (ट्रमा सेन्टर रिफर)
प्रदिप लामिछाने (२१ वर्ष), स्याङ्जा - मध्यम (ट्रमा सेन्टर रिफर)
सोर्निमा खत्री (२७ वर्ष), संखुवासभा - मध्यम (ट्रमा सेन्टर रिफर)
नर्बु पाल्डेन (५० वर्ष), काठमाडौं - गम्भीर (ट्रमा सेन्टर रिफर)
पृति राज मानन्धर (३५ वर्ष), वतन नखुलेको - गम्भीर अवस्था
सुरक्षाकर्मीहरूले रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद उद्धार कार्यलाई तीव्रता दिएका थिए। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय बेनिघाटबाट १.५ किलोमिटर पश्चिम र गजुरीबाट १४ किलोमिटर पश्चिममा पर्दछ।
फागुन ११, २०८२ सोमबार १३:४४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।