काठमाडौंको मनमैजुमा चितुवा घरभित्र छिरेर आक्रमण गर्दा दुई जना घाइते

काठमाडौंको मनमैजुमा चितुवा घरभित्र छिरेर आक्रमण गर्दा दुई जना घाइते

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-९ स्थित मनमैजु क्षेत्रमा शुक्रबार दिउँसो चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन।

स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेर आक्रमण गर्दा ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्ले घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार, दिउँसो करिब १ बजेको समयमा मनमैजु मन्दिर नजिकै रहेको उक्त घरमा चितुवा छिरेको थियो। दुलाल महर्जनको टाउको र बायाँ हातमा चोट लागेको छ। उनको मनमैजुस्थित शुभम् अस्पतालमा उपचार भइरहेको छ ।

मायानाथ वाग्लेको दाहिने कान र बायाँ हातमा चोट लागेको छ। उनलाई थप उपचारका लागि छाउनीस्थित नेपाल आर्मी अस्पताल पुर्याइएको छ।

आक्रमणपछि चितुवा सोही घरभित्रै रहेको र अहिले उक्त घरलाई सुरक्षित रूपमा घेरा हालेर चितुवालाई भित्रै थुनिएको प्रहरीले जनाएको छ।

उक्त घटनाको बारेमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी जनाएकाे छ।

चितुवा उद्धारको लागि काठमाडौं डिभिजन वन कार्यालयसँग समन्वय भई सकेको उनले बताए ।

फागुन १०, २०८२ आइतबार १६:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।