२७ अंकले घट्यो सेयर बजार, साढे ६ अर्बको कारोबार

२७ अंकले घट्यो सेयर बजार, साढे ६ अर्बको कारोबार

काठमाडाैं : साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५९ अंकले घटेकाे छ। नेप्से १.०४ प्रतिशतले घटेर परिसूचक २६१४.५५ विन्दुमा पुगेको छ।

आज नेप्से घट्दा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरको काराेबार भयाे।  

आज ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको शेयर मूल्य घटेको छ। ७वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७२ लाख १०४ पटक शेयर किनबेच भएको छ।

आज सबै उपसमूहहरु राताम्य छन्। 

बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ। 

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ। 

 

फागुन १०, २०८२ आइतबार १५:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।