धनुषामा टिपरबाट साढे तीन क्विन्टल गाँजा बरामद, चालक फरार

धनुषामा टिपरबाट साढे तीन क्विन्टल गाँजा बरामद, चालक फरार

धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाले साढे तीन क्विन्टल गाँजा बरामद गरेको छ। 

शनिबार राति जनकपुरधाम-४ स्थित शान्ति टोलबाट करिब ३ सय ५७ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ना ७ ख २२३७ नम्बरको टिपरबाट गाँजा बरामद गरेकाे थियो।  प्रहरी टोलीलाई देख्नासाथ टिपर चालक गाडी छाडेर फरार भएका थिए।

उक्त टिपरबाट ३४ वटा पोकाहरूमा राखिएको साढे तीन क्विन्टल भन्दा धेरै गाँजा बरामद भएको प्रहरीले जनाएको छ।  

फरार रहेका टिपर चालकसहितको व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फागुन १०, २०८२ आइतबार १४:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।