काठमाडौँमा ५६ लाख बढीका सुनचाँदीका गहना चोरी

काठमाडौँमा ५६ लाख बढीका सुनचाँदीका गहना चोरी

काठमाडाैं : काठमाडाैंबाट ५६ लाख रुपैयाँ भन्दा बढीका सुनचाँदीका गहना चोरी भएका छन्।  

काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घर भएकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसै चोरी भएको हो। 

शनिबार दिउँसो ढोका फोडेर भित्र पसेका चोरले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेकाे प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। 

चोरीमा संलग्नहरू भने फरार छन्। 

उनीहरूको खोजीसँगै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

फागुन १०, २०८२ आइतबार १२:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।