एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडाैं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तीन सय ७५ रूपैयाँ बढेर पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी तो लामा पाँच हजार ५० रूपैयाँमा कारोबार भएको थियाे।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन १०, २०८२ आइतबार ११:०४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।