दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ : तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका-४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर-६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको जानकारी दिए।

यही प्रकरणमा शुक्रबार तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो। प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए। 

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भिडमा झण्डा जलाइएको थियो। एमाले त्यस कार्यको विरोध गरिरहेको छ। 

फागुन ९, २०८२ शनिबार १४:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।