दाङमा एमालेको झण्डा जलाएको विषयमा रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

दाङमा एमालेको झण्डा जलाएको विषयमा रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । दाङमा एमालेको झण्डा जलाएकाे विषयमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्टीकरण सोधेको छ। 

रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो।

कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्रप्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ।

झण्डा जलाइएको विषयमा एमालेले शुक्रबार देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको थियो। 

झण्डा जलाएको आरोपमा दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेका छ।

फागुन ९, २०८२ शनिबार १२:०७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।