बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बैतडी : बैतडीकाे शिवनाथ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४-०११ ज ००६९ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक केशवसिंह धामीको मृत्यु भएको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक शिवनाथ-२ का २६ वर्षीय धामीको उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
जिपमा चालक मात्रै रहेका थिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन ९, २०८२ शनिबार १०:२२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।