चार प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राती भने तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
फागुन ९, २०८२ शनिबार ०७:३७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।