अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

काठमाडाैं : वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गर्ने एक युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

अमेरिका लैजाने भन्दै एक जनाबाट छ लाख ३० हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो।

उनलाई आज ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएइकाे छ।

फागुन ८, २०८२ शुक्रबार १७:०५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।