मोटरसाइकल चोरेर पार्टपूर्जा बेच्ने तीन जना पक्राउ
काठमाडाैं : प्रहरीले चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, हात्तीगौडाकै ३८ वर्षीय करण खड्गी र अर्घाखाँची, शीतगङ्गा गाउँपालिका-२ घर भई बूढानीलकण्ठ नगरपालिका-६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । हात्तीगौडास्थित सङ्कटा मन्दिरमा पार्किङ गरी राखेको बा प्र ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जा निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फागुन ८, २०८२ शुक्रबार १६:४७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।