पशुपतिनाथ मन्दिर परिसरमा एक व्यक्तिकाे शव फेला, हत्याको आशङ्का
काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा एक पुरुषकाे शव फेला परेको छ। शिवरात्रीको भोलिपल्ट संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरीको शव फेला परेको हाे।
गिरी मन्दिर क्षेत्रमै बस्ने र मागेर खाने गरेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। मृतकको शरीरमा नीलडाम र चोटपटक देखिएकोले घटना संकास्पद रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ।
एसएसपी सन्तोष खड्काले भने, “मृतकको शरीरमा चोटपटक देखिएपछि घटना संकास्पद देखिएको छ। हामीले अनुसन्धान गरिरहेका छौं।” शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
घटनाको अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।
फागुन ८, २०८२ शुक्रबार १५:३०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।