सुनको मूल्य स्थिर, चाँदी सामान्य घट्यो

सुनको मूल्य स्थिर, चाँदी सामान्य घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनकै मूल्य हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५० रुपैयाँमा झरेको छ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३० रुपैयाँ कायम गरिएको छ।

फागुन ८, २०८२ शुक्रबार ११:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।