‘कार्की साइँला’मा वर्षाको ठाउँमा प्रियनाको इन्ट्री

‘कार्की साइँला’मा वर्षाको ठाउँमा प्रियनाको इन्ट्री

काठमाडौं : फिल्म ‘कार्की साइँला’मा वर्षा सिवाकोटीको ठाउँमा प्रियना आचार्य 'मुन्नी’को इन्ट्री भएको छ। निर्माण टिमले वर्षाको ठाउँमा मुन्नीलाई अनुबन्ध गरेको हो। वर्षा अहिले फिल्म ‘कस्तुरी’मा व्यस्त भएको कारण देखाउँदै निर्माण टिमले जितु नेपालको जोडीको रूपमा आचार्य अनुबन्धन गर्यो।

केही दिनबाट नै फिल्मको छायाङ्कनमा जाने निर्माण पक्षको भनाई छ। गत वैशाखमा नै छायाङ्कनमा जाने भन्दै निर्माण टिमले कोटेश्वर मन्दिरमा स्क्रिप्ट पूजा गरेको थियो। सोही समयमा नै फिल्मको छायाङ्कनका लागि धनकुटा जाने तयारी थियो। निर्माण पक्ष र जितु नेपालबीचको केही मनमुटाब चलेको हल्ला थियो। त्यसपछि यो फिल्म छायाङ्कनमा जान सकेको थिएन।

अब भने निर्माण पक्ष फिल्मको छायाङ्कनमा जाने तयारी गरेको छ। फिल्मका निर्देशक राजेन्द्र बस्नेत जुटेको बताए। उनले भने, "वर्षाजीको समय नमिलेको कारणले हामीले नयाँ हिरोइन प्रियना आचार्य (मुन्नी)लाई अनुबन्ध गरेका हौं। अरू त्यस्तो कुनै लफडा छैन।"

उनका अनुसार यो फिल्मको छायाङ्कन पूर्वको धनकुटा आसपास र सुनसरीको चतरा र बराहक्षेत्रमा हुने छ। अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा प्रियना हुनेछिन्।

२५ दिनको फिल्मको सुटिङ सेड्युल राखिएको यो फिल्ममा यो फिल्ममा जितु नेपाल तथा प्रियाना आचार्यसहित सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय रहने छ।

कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुति रहने यो फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दै छन् भने छायाङ्कन डम्बर राईको रहने छ। यो फिल्ममा द्वन्द्व निर्देशन किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु तथा प्रोडक्सन सिबी भण्डारीको रहने छ। यो फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले तोकेको छैन। उनीहरूको योजना अर्को वर्षमा गर्ने बताइएको छ। 
 

फागुन ७, २०८२ बिहीबार २१:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।