नेपालका कठिन सडकहरूमा स्कोडा 'कायलाक'को सफल परीक्षण
काठमाडौं : स्कोडाले आफ्नो नयाँ एसयुभी 'कायलाक'लाई नेपालका अत्यन्त चुनौतीपूर्ण सडक मार्गहरूमा सफलतापूर्वक परीक्षण गरेको छ। कम्पनीका अनुसार मनाङ, ढोरपाटन र तीनजुरे जस्ता दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा गरिएको परीक्षणले गाडीको क्षमता र विश्वसनीयता पुष्टि गरेको छ।
ठाडो उकालो-ओरालो, कच्ची सडक र साँघुरा मोडहरू भएका क्षेत्रमा कायलाकले आफ्नो पावर डेलिभरी र ट्र्याक्सन क्षमता प्रदर्शन गरेको छ। उच्च हिमाली भेगको कम अक्सिजन र प्रतिकूल मौसममा पनि गाडीको इन्जिन प्रदर्शन र नियन्त्रण स्थिर पाइएको कम्पनीले जनाएको छ।
हालै हिमालय टिभीबाट प्रसारित 'द फ्याब शो'मा ट्राभल भ्लगर मनिष रुचालले कायलाकमार्फत गरिएको ढोरपाटन यात्राको अनुभव साझा गर्दै यसको टर्क र पावर चुनौतीपूर्ण सडकका लागि प्रभावकारी रहेको बताएका छन्।
युरोपेली इन्जिनियरिङमा आधारित यस एसयुभीमा 'टर्क कन्भर्टर' प्रविधिसहितको अटोमेटिक ट्रान्समिसन (रियल अटोमेटिक) प्रयोग गरिएको छ। यसले सहरको ट्राफिकमा सहजता प्रदान गर्नुका साथै राजमार्ग र पहाडी उकालोमा झट्काबिहीन गियर परिवर्तन र स्थिर गति सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
'पावर फर द पिक्स' ट्यागलाइनसहित आएको यो गाडी नेपालको विविधतायुक्त भू-बनोट र सडक अवस्थालाई लक्षित गरी तयार पारिएको स्कोडा नेपालले जनाएको छ। यो परीक्षणसँगै कायलाक सहरी सडकका साथै पहाडी र हिमाली क्षेत्रका लागि पनि उपयुक्त रहेको देखिएको छ।
फागुन ७, २०८२ बिहीबार १८:१३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।