वायु प्रदूषण बढेसँगै 'एयर प्युरिफायर'को प्रयोगमा जोड

वायु प्रदूषण बढेसँगै 'एयर प्युरिफायर'को प्रयोगमा जोड

काठमाडौं : बढ्दो वायु प्रदूषणका कारण घरभित्रको वातावरण समेत प्रभावित हुन थालेपछि सिजी इलेक्ट्रोनिक्सले वायु शुद्धीकरण गर्ने उपकरण (एयर प्युरिफायर) को प्रयोगमा जोड दिएको छ। 

कम्पनीले काठमाडौं उपत्यकासहितका शहरमा वायु प्रदूषणको स्तर बढेपछि सावधानी अपनाउन आग्रह गर्दै एयर प्युरिफायरमा प्रयोगमा जोड दिएको हो।

हिउँदे सुख्खायाममा वायु गुणस्तर सूचकाङ्क (AQI) १५० भन्दा माथि पुगेर 'अस्वस्थकर' बनेको सन्दर्भमा ब्ल्याक+डेकरले घर र कार्यालयभित्रको हावा स्वच्छ राख्न एयर प्युरिफायरको प्रवर्द्धन गरिरहेको छ। बाह्य प्रदूषणलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि भित्री वातावरण सुरक्षित राख्न प्रविधिको प्रयोग आवश्यक रहेको कम्पनीको भनाइ छ।

कम्पनीले बजारमा ल्याएको ब्ल्याक+डेकरको 'AP3560-B5' मोडलको एयर प्युरिफायरमा ३-चरणको फिल्टरेसन प्रणाली रहेको छ। जसमा 'हेपा १३' (HEPA 13) फिल्टर जडान गरिएको छ, यसले हावामा रहेका ०.३ माइक्रोनसम्मका ९९.९७ प्रतिशत सूक्ष्म कण, धुलो र एलर्जी गराउने तत्त्वहरूलाई सोस्ने क्षमता राख्ने कम्पनीको दाबी छ। 

साथै यसमा ठूला कणका लागि 'प्रि-फिल्टर' र दुर्गन्ध एवं हानिकारक ग्यास हटाउन 'एक्टिभेटेड कार्बन फिल्टर' समावेश गरिएको छ। बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सिजी इलेक्ट्रोनिक्सले आफ्ना देशभर रहेका शोरुम र आधिकारिक बिक्रेतामार्फत यी उपकरणहरू उपलब्ध गराएको जानकारी दिएको छ।

फागुन ७, २०८२ बिहीबार १७:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।