सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते
सर्लाही : सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिकास्थित खिलामा बुधबार राति तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँएका थिए।
भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले राससलाई जानकारी दिए।
सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन्। उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन्। घटनाबारे चालकको पहिचान तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फागुन ७, २०८२ बिहीबार १०:४९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।