पशुपतिनाथमा प्रहरीलाई मुक्का हान्ने युवक पक्राउ
काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनलाई अभद्र व्यवहार र प्रहरीलाई मुक्का हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको ठुलोदमार घर भई हाल काठमाडौं महानगरपालिका-१३ छागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार, श्रेष्ठले मन्दिर परिसरमा आएका श्रद्धालु भक्तजनलाई अभद्र व्यवहार गर्नुका साथै सुरक्षार्थ खटिएका राष्ट्र सेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा समेत अवरोध पुर्याएका थिए।
सोही कसुरमा उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन ६, २०८२ बुधबार १३:१९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।