अण्डाको मूल्यमा वृद्धि; प्रतिक्रेट ४२५ रुपैयाँ पुग्यो
चितवन : नेपाल लेयर्स संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ।
संघले अण्डाको मूल्यमा वृद्धि गर्दै नयाँ दररेट सार्वजनिक गरेको हो।
नयाँ मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ कायम गरिएको छ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ।
संघका अनुसार हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा रहेको छ।
यसअघिको तुलनामा लागत खर्च बढेपछि किसानहरूलाई राहत दिन मूल्य बढाइएको हो।
फागुन ६, २०८२ बुधबार ०९:४९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।