मंगलबार २० अङ्कले घट्यो नेप्से, अधिकांश उपसमूह राताम्मे
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो।
मंगलबार ३५४ कम्पनीको दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
म्युचुअल फन्ड उपसमूहको सूचक शून्य दशमलव ५६ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ शून्य दशमलव ४५, विकास बैंक एक दशमलव १८, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव १९, जलविद्युत् एक दशमलव ६३, लगानी शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव ५०, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ।
सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर कारोबार भएको छ।
फागुन ५, २०८२ मंगलबार १६:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।