धरानमा करिब एक टन गाँजासहित दुई जना पक्राउ
सुनसरी : धरान उपमहानगरपालिका-२० बरडाँडाबाट करिब एक टन गाँजासहित दुई जना पक्राउ परेका छन्।
धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका-८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश-०१-०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका-८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो।
पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन ५, २०८२ मंगलबार ११:४०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।