डनगिरी छाडेर नेतागिरीतिर : अपराध नगरीमा चक्रे मिलनको पहिचान बनाएका मिलन गुरुङको ३० वर्षे अनुभवको नालीबेली

२० वर्षअघि काठमाडौँको सडकमा रगतको खोलो बगाउने दुई कट्टर दुस्मनहरूको नियति आज कसरी फेरियो? ७ साउन २०४७ मा पहिलो पटक पक्राउ परेका मिलन गुरुङ उर्फ चक्रे मिलन, जसको नाममा १२ पटकभन्दा बढी प्रहरी रेकर्ड छ, उनी आज कसरी गोरखा–२ बाट एमालेको आधिकारिक उम्मेदवार बने?

यो विशेष रिपोर्टमा हामीले चक्रे मिलनको ३० वर्षे इतिबृत्ती खोतलेका छौँ-महाराजगन्जको बालुवा खानीमा लिने 'सलामी सेयर' देखि २०६१ वैशाख ३१ को त्यो विभत्स रातसम्म, जहाँ दीपक मनाङेको समूहले उनीमाथि साङ्घातिक आक्रमण गरेको थियो।

बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएको र दीपक मनाङे डिल्लीबजार जेलको छिँडीमा पुगेको यो समयमा गोरखाको चुनावी मैदानमा चक्रेको उदयले के सङ्केत गर्छ? हेर्नुहोस्, अपराधदेखि राजनीतिसम्मको यो पूर्ण नालीबेली।

फागुन ४, २०८२ सोमबार १२:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।