अछाम-२ का उज्यालोका उम्मेदवारले रास्वपाका भूपदेवलाई सघाउने सहमति
अछाम : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर २ का उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने निर्णय गरेका छन्।
कानुनी रूपमा उम्मेदवारी फिर्ताको समय सकिइसकेको छ। आइतबार व्यवहारिक रूपमा उनले उम्मेदवारी फिर्ता लिँदै शाहलाई समर्थन गर्न सहमति गरेका हुन्।
सहमति पत्रमा दुवै पक्षले परिवर्तनमुखी राजनीति, जनउत्तरदायी नेतृत्व र सुशासनलाई प्राथमिकता दिँदै आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने उल्लेख छ।
फागुन ३, २०८२ आइतबार १६:५९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।