रुस-युक्रेन युद्ध रोक्ने प्रयास : नयाँ चरणको त्रिपक्षीय वार्ताको तयारी

रुस-युक्रेन युद्ध रोक्ने प्रयास : नयाँ चरणको त्रिपक्षीय वार्ताको तयारी

एजेन्सी : युक्रेन, संयुक्त राज्य अमेरिका र रुसबीचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७-१८ मा हुने जनाइएको छ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने, रुसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ।

युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुकमार्फत सैन्य, राजनीतिक र सुरक्षा घटकहरूलाई समावेश गर्दै युक्रेनी वार्ता टोली गठन गरिएको जनाए।

यसै गरी उमेरोभले दिगो र स्थायी शान्ति प्राप्त गर्नु वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको मुख्य लक्ष्य रहेको कुरामा जोड दिनु भएको छ।

तीन देशहरूबीच त्रिपक्षीय सुरक्षा परामर्शको पहिलो चरण जनवरी २३-२४ मा अबु धाबीमा भएको थियो, जहाँ रुसी प्रतिनिधिमण्डलको नेतृत्व सैन्य प्रमुख इगोर कोस्ट्युकोभले गरेका थिए।

दोस्रो चरण अबुधाबीमा ४-५ फेब्रुअरीमा भएको थियो भने बैठकपछि अमेरिका रुस र युक्रेन ३१४ जना युद्ध वन्दीहरूको आदानप्रदानमा सहमत भएको जनाइएको छ।

फागुन २, २०८२ शनिबार २१:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।