चितवनबाट आएको कारमा भेटियो मेड इन अमेरिका लेखिएको पेस्तोल
काठमाडौं : प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेक पोइन्टमा ३० वर्षका केयुर पुरीलाई पेस्तोलसहित पक्राउ गरेको छ। चितवनबाट बा १९ च ६९० नम्बरको कारमा आएका उनलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनी कीर्तिपुर नगरपालिका हुन्। प्रहरीका अनुसार पुरीको झोलामा मेड इन अमेरिका लेखिएको पेस्तोल र त्यसको चार राउन्ड गोली फेला परेको थियो।
फागुन १, २०८२ शुक्रबार १७:२०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।