नेपाल-वेस्ट इन्डिज खेल हेर्न सिजी इलेक्ट्रोनिक्सका ४० विजेता मुम्बई उडे
काठमाडौं : सिजी इलेक्ट्रोनिक्सको ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ अन्तर्गत ४० जना भाग्यशाली विजेताहरू फागुन १ गते शुक्रबार मुम्बई प्रस्थान गरेका छन्।
उनीहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्ने अवसर पाएका हुन्।
गत मंसिर २९ देखि माघ १२ गतेसम्म सिजीका विभिन्न ब्रान्डका उत्पादन खरिद गर्ने हजारौं ग्राहकहरूमध्येबाट डिजिटल गोलाप्रथामार्फत यी विजेताहरू छानिएका हुन्।
विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ, खानपिन, मुम्बई सिटी टुर र खेलको विशिष्ट टिकट समावेश छ।
सिजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकहरूको विश्वासलाई कदर गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता जनाएको छ।
फागुन १, २०८२ शुक्रबार १३:३५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।