वार्ताको लागि रुसमाथि दबाब बढाउन अमेरिकालाई जेलेनस्कीको आग्रह

वार्ताको लागि रुसमाथि दबाब बढाउन अमेरिकालाई जेलेनस्कीको आग्रह

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकालाई युद्ध समाप्त गर्न रुसमा थप दबाब दिन आह्वान गरे। यद्यपि आगामी हप्ता अमेरिकी मध्यस्थता हुने शान्ति वार्तामा मस्कोले भाग लिने वा नलिने भन्ने कुरा हालसम्म स्पष्ट छैन।

राष्ट्रपति जेलेन्स्कीले युक्रेन बैठकमा भाग लिन तयार रहेको पुष्टि गर्दै गत महिनामा दुई चरणको त्रिपक्षीय वार्तापछि सफलता हासिल गर्न नसकेको जिकिर गरे। यसको जिम्मेवार युक्रेन मात्र नभई अमेरिका पनि भएकाले आगामी वार्ता सफल बनाउन रुसमाथि दबाब दिनुपर्ने बताएका छन्।

यसअघि नै राष्ट्रपति जेलेन्स्कीले अमेरिका जुन सम्ममा रुस र पुक्रेनको बीचको चार वर्ष लामो युद्ध समाप्त गर्न चाहेका बताएका थिए। रुसी विदेश मन्त्री सेर्गेया लाभ्रोभले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता अझै जारी रहेको तर धेरै समन्वयहरू गर्ने बाँकी रहेको उल्लेख गरे। 

माघ २९, २०८२ बिहीबार १७:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।