दाङमा सिकलसेलको बृहत् परीक्षण सुरू, नौ सयले गराए जाँच

दाङमा सिकलसेलको बृहत् परीक्षण सुरू, नौ सयले गराए जाँच

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थारु समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको 'सिकलसेल एनिमिया'को निःशुल्क बृहत् परीक्षण अभियान सुरू गरेको छ।

अभियानअन्तर्गत बुधबार देउखुरीको सिसहनिया र प्रतिष्ठानमा गरी करिब ९०० जनाको स्वास्थ्य जाँच गरिएको छ।

प्रतिष्ठानले चालू आर्थिक वर्षमा ५ हजार र आगामी वर्ष १० हजार जनाको परीक्षण गर्ने लक्ष्य राखेको छ।

५ वर्षभित्र ७० हजारको परीक्षण गरी विश्वकै ठूलो सामुदायिक तहको अनुसन्धान गर्ने योजना रहेको निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिए।

अत्याधुनिक मेसिन जडान भएसँगै अब सिकलसेल परीक्षण र उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ।

हाल प्रतिष्ठानमा ३१५ जना बिरामीले नियमित उपचार सेवा लिइरहेका छन्। वंशाणुगत रूपमा सर्ने यो रोगको समयमै पहिचान र व्यवस्थापन गर्न यो अभियानले सहयोग पुर्याउने विश्वास गरिएको छ।

माघ २९, २०८२ बिहीबार १३:२५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।