रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ, अदालतबाट तीन दिन म्याद

रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई पक्राउ, अदालतबाट तीन दिन म्याद

बुटवल : व्यक्तिगत गोपनीयता भंग गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा रहेको बैंकिङ कारोबार सम्बन्धी कागजातहरू आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेर गोपनीयता भंग गरेको आरोपमा बुधवार उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार  बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले माघ २६ गते आफ्नो फेसबुकपेजमा ती कागजातहरू सार्वजनिक गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोस्ट गरेर घृणा र द्वेष फैलाउने काम गरेको र गोपनीयता भंग गरेको उजुरीका आधारमा उनलाई मंगलबार पक्राउ गरिएको डिएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

 प्रहरीले भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदै जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

माघ २८, २०८२ बुधबार १९:२७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।