जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला, हत्याकाे आशंका

जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला, हत्याकाे आशंका

जनकपुरधाम : जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए।

सलले घाँटी कसेको अवस्थामा शव फेला परेको एसपी कुँवर बताए।

घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

माघ २८, २०८२ बुधबार १२:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।