सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते
दाङ : रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप बुधबार विहान राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका-४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो।
अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ। घाइतेमध्ये एक बालक र दुई महिला छन्।
माघ २८, २०८२ बुधबार ०९:३२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।