फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई निर्वाचन आयोगको निर्देशन
काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगको मंगलबार बसेको बैठकले आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उम्मेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो।
निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
माघ २७, २०८२ मंगलबार १८:१०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।